५० दिन हिरासतमा बसेर छुटेका प्रकाण्डविरुद्ध फेरि पक्राउ पुर्जी जारी !

काठमाडाैँ, १४ पुस । सरकारले गठन गरेको वार्ता टोलीको समय अवधि सकिएलगत्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माविरुद्ध पुनः पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत भोजपुर र संखुवासभाको छुट्टाछुट्टै आदेशले विश्वकर्माविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

वार्ता टोलीले छलफलका लागि आह्वान गरिरहँदा पनि सम्पर्कमा नआएपछि मंसिर ८ र कात्तिक १६ गते जारी गरिएको पक्राउ पूर्जी बल्ल सार्वजनिक गरिएको हो ।

जिल्ला अदालत भोजपुरले बम विष्फोट गराई ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी गरेको छ भने जिल्ला अदालत संखुवासभाले बम विष्फोट संगठित अपराध गरेको अभियोगमा पक्राउ पूर्जी जारी गरेको छ ।