किरण चेम्जोङले माल्दिभ्समा जिते उत्कृष्ट गोलकिपरको अवार्ड
काठमाडाैँ, १४ पुस । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले माल्दिभ्समा अवार्ड जितेका छन् ।
माल्दिभ्स व्यावसायिक लिग खेल्दै आएका किरणले माल्दिभ्स फुटबल अवार्डमा उत्कृष्ट गोलकिपरको अवार्ड जितेका हुन् ।
माल्दिभ्स फुटबल संघ र माल्दिभ्स फुटबल डट कमले प्रदान गरेको अवार्डमा किरणले न्यू रेडियन्टका मोहमेद फैजल र क्लब इगल्सका सुजन परेरालाइ पछि पारे ।
अवार्ड कार्यक्रममा उत्कृष्ट चुनिएका किरण भने समारोहमा उपस्थित हुन सकेनन् । उनी हाल नेपालमै छन् । किरणको अनुपस्थितिमा टीसी स्पोर्ट्सका प्रशिक्षक मोहमेद निजामले अवार्ड लिएका थिए । म्यानचेष्टर युनाइटेड तथा डेनमार्कका लिजेण्ड गोलकिपर पिटर सेमिकलले अवार्ड प्रदान गरेका थिए ।