रोनाल्डोको चाहाना पुरा गरेनन् मेस्सीले, भन्छन् – ‘म घरमै छु, परिवर्तन आवश्यक छैन’

काठमाडौं, १४ पुस । सुपरस्टार क्रिष्टियानो रोनाल्डोले उनका चीर प्रतिद्वन्द्वी अर्का सुपरस्टार लियोनल मेसलाई बार्सिलोना छोडेर इटालियन क्लब आउन दिएको सुझावलाई मेसीले नकारेका छन् ।

रोनाल्डोको सुझावलाई मेसीले स्पेनिस पत्रकार मार्कामार्फत आफु घरमै भएकोले कुनै परिवर्तन आवश्यक नरहेको भन्दै रोनाल्डोको सुझावलाई नकारेका हुन् ।

यसबाट मेसीले आफुले कप्तानी गरिरहेको क्लब बार्सिलोनालाई कति माया गर्छन् भन्ने कुरा प्रष्ट झल्किन्छ । मेस्सीले बारम्बार बार्सिलोनाबाटै आफ्नो खेल जीवन अन्त्य गर्न चाहेको बताउने गरेका छन् । मेस्सीले यो सिजन बार्सिलोनाका लागि २० खेलमा २१ गोल गरिसकेका छन् । साथै १३ गोल उनकै सहयोगमा भएका छन् ।

यता रोनाल्डो भने यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका छन् । रोनाल्डोले मेस्सी इटालियन सिरी ए क्लब आएको आफूले हेर्न चाहेको र फेरि प्रतिस्पर्धा गर्ने मन रहेको बताएका थिए ।