पुर्बी पहाडमा बाक्लो हिँमपात, जनजीवन प्रभावित

तेह्रथुम/ जाडो याम सँगै पुर्बी पहाडको लेकाली क्षेत्रमा बाक्लो हिमपात भए सँगै जनजीवन प्रभावित बनेको छ । करिब एक दशक पछि हल्का बर्षा सँगै हिमपात भएपनी लेकाली क्षेत्रको जनजीवन प्रभावित बनेको हो । छिपिन्दो जाडो सँगै सुक्रबार परेको हिमपातले जनजीवन प्रभावित बनेको गुफा बजारका सन्तोष लिम्बुले बताए । करिब ४ ईन्च बाक्लो परेको हिउँका कारण यहाँका स्थानीयहरुलाई दैनिक काम गर्न समेत समस्या बनेको छ ।

तेह्रथुम, संखुवासभा, धनकुटा र ताप्लेजुङ जिल्लाको लेकाली क्षेत्रमा हिउँ पर्दा नागरिकहरुको जनजीवन प्रभावित बनेको छ । हिउँका कारण यहाँका स्थानीयहरुलाई घाँस दाउरा मेलापर्म तथा घरयासी काम गर्न समेत जाडोले समस्या बनेको छ । पशुचौपयाहरु चरनमा लैजान ल्याउन समेत समस्या बनेको आङदिमका डालेश्वर लिम्बुले बताए । बर्षै पछी हिउँ परेको कारण यहाँका स्थानीय तथा बाह्रीय नागरिक हिउँ सँगै खेल्न हौसिएका छन । हिउँ पर्ने स्थानको रुपमा परिचित बन्दै आएको पुर्बी पहाडी जिल्लाको टिएमजे क्षेत्र करिब एक दशक पछी हिउँ परेको स्थानीयहरुले बताउने गरेका छन ।

जलबायु परिवर्तका कारण हिउँ पर्ने सिजनमा केहीबर्ष देखी तुसारो मात्रै पर्दै आएको बसन्तपुर बजारका रवीकिरण मादेनले बताए । पूर्बी तराईबाट हिउँ खेल्न बर्षेनी यस क्षेत्रका पर्यटकहरु भित्रीए पनी तुसारो हेरेरै फन्किदै आएका थिए । बाक्लो हिमपात भए सँगै पर्यटकहरु भित्रीने संख्यामा बढ्ने भएको देखिन्छ । पुर्बी पहाडको पर्यटकीय गन्तब्य तिनजुरे,मिल्के र जलजले क्षेत्रका साथै लेकाली क्षेत्रमा हिमपात भएकाले जनजीवन प्रभावित बने पनी पर्यटकहरु हिउँ खेल्न हौसिएका छन । हिउँ सँगै हल्का परेको पानीका कारण किसानहरुले लगाएको तरकारीबालीमा राहात मिलेको छ ।

किसानहरुले लगाएको तरकारीबाली सिचाँई अभाबका कारण खडेरीले सुख्खा भएको भेगमा समेत राहात बनेको किसानहरुले बताएका छन । धनकुटाको हिलेको उच्च भाग सँगै सिधुवा,चित्रेडाँडा,तिनजुरे,लगायतको क्षेत्रका हिउँले डाकेर सेताम्मै बनेको छ । सेताम्मै हिउँ परेको डाडाँमा पर्यटकहरु हिउँमा रमाई रहेको देखिन्छ । बर्षाैदेखी हिउँले ढाक्न छोडेको लेकाली डाडाँहरु पौषको दाश्रो हप्तामा परेको बर्षा सँगै हिउँले सेताम्मै बनेका छन ।