पहिलो पटक बाबुछोरी पर्दामा संगै देखिए, छोरी समलिंगी भएको थाहा पाएपछि अनिल कपुरलाई टेन्सन (भिडियो सहित)
मुम्बइ, १४ पुस । मल्टि स्टारर फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’को ट्रेलर रिलिज भएको छ ।
अनिल कपुर, सोनम कपुर, राजकुमार राव, जुही चावलाजस्ता स्टारर रहेको फिल्मको ट्रेलर सार्बजनिक भएको हो ।
यो फिल्ममा अनिल कपुर र सोनम कपुर पहिलोपटक एउटै फिल्ममा देखिँदेछन् । फिल्ममा पनि यी दुईको भूमिका बाबुछोरीकै छ । शैलु चोपडाको निर्देशनमा बन्ने फिल्मको निर्माण विधु विनोद चोपडा र राजकुमार हिरानीले गर्दैछन् ।
फिल्म आगामी फेब्रुअरी १ मा रिलिज हुने बताइएको छ ।
ट्रेलर हेर्नुहोस् :