सप्तरी जिल्लामा धान उत्पादन बढेकोे छ

राजविराज, १४ पुस | यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेकोे छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार ६७५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र (तत्कालीन कृषि विकास कार्यालय) का वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो ।

जिल्लामा रहेको कूल ७० हजार हेक्टर खेतीयोग्य जमीनमध्ये यस वर्ष ६३ हजार हेक्टरमा धान बाली लगाइएको बताउँदै प्रतिहेक्टर २ दशमलव ८५ मेट्रिकटनका दरले कूल एक लाख ६९ हजार ५५० मेट्रिकटन धान उत्पादन भएको उहाँले बताउनुभयो । गत वर्ष प्रतिहेक्टर सरदर दुई दशमलव ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । आव २०७३÷०७४ मा उत्पादन दुई दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर थियो भने आर्थिक वर्ष ०७० ÷०७१ र ०७१÷७२ मा जिल्लामा औसत तीन दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष सात प्रतिशत धान उत्पादन भएको उक्त कार्यालयले जनाएको छ । रोपाइको समयमा तुलनात्मकरुपमा वर्षाले साथ दिएकाले गत वर्षभन्दा आठ हजार ५०० हेक्टर बढी जमीनमा धान रोपाइँ भएकाले पनि धान उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत यादवले बताउनुभयो ।

गत वर्ष रोपाइँको समयमा पर्याप्त सिँचाइ नहुँदा सात हजार हेक्टर जमनि बाँझै रह्यो । गत वर्षको बाढीले रोपाइँ भएको धानबालीसमेत पुरेपछि कतिपय किसानले यसपाली पनि धानबाली लगाउन सकेका थिएनन् ।
करीब आठ हजार ५०० हेक्टर धानबाली त्यति बेला बाढीले बगाएको थियो र बाँकी रहेको बालीबाट किसानले कूल एक लाख ४९ हजार ८ सय ७५ मेट्रिकटन धान उत्पादन गरेको उक्त कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सिँचाइ अभावमा हरेक वर्ष १० देखि ४० हजार हेक्टर खेतीयोग्य जमीन सप्तरी जिल्लामा बाँझो रहने गरेको पाइएको छ । सप्तरीमा ५६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमीनलाई सिञ्चित क्षेत्र मानिए पनि चन्द्रनहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर प्रणाली गरी तीन वटा ठूला सिँचाई प्रणाली र ग्रामीण पूर्वाधार विकास कार्यक्रम तथा सिँचाई सेक्टरअन्तर्गतका अन्य सानातिना सिँचाइ छन् तर अधिकांश सिँचाइ प्रणालीको अवस्था जीर्ण र अस्तव्यस्त हुँदा हरेक वर्ष सिँचाइ अभावकै कारण १० देखि ४० हजार हेक्टरसम्म खेतीयोग्य जमीन बाँझो रहने गरेको उक्त कार्यालयले जनाएको छ ।

खेती प्रणालीलाई वैज्ञानिकीकरण गर्दै सिँचाइ, मललगायत आवश्यक व्यवस्था गर्नसके सप्तरीमा धान उत्पादनको दर प्रतिहेक्टर चारदेखि पाँच मेट्रिकटनसम्म पु¥याउन सकिन्छ ।” तर रोपाइँको समयमा सिँचाइको अभाव, त्यसपछिको बाढी अनि पानीे आवश्यक पर्ने समयमा लगातार खडेरी पर्दा यहाँ धान उत्पादन घट्दै गएको कृषि क्षेत्रका जानकारको भनाइ छ ।

प्राप्त तथ्याङ्कअनुसार आव ०७४÷०७५ मा ६३ हजार हेक्टर जमीनमा मात्रै धान बाली लगाइएको थियो भने २०७३÷७४ मा ५४ हजार ५०० हेक्टर, ०७२÷०७३ मा ३२ हजार ९०० हेक्टर तथा ०७१÷०७२ मा ४२ हजार हेक्टर र ०७०÷०७१ मा ६० हजार २०० हेक्टरमा धान बाली लगाइएको थियो । रासस