यसकारण मरेको मान्छे देखिन्छ सपनामा ! थाहा पाईराखौँ

एजेन्सी । मृत्यु ठूलो सत्य हो । हरेक प्राणीले जन्मेपछि मर्नैपर्छ । मृत्युका कारण अनेक हुन सक्छन् तर मृत्यु निश्चित छ ।मानिस मरिसकेपछि के हुन्छ ? कसैलाई पनि थाहा छैन । तर विभिन्न धर्म ग्रन्थ र वैज्ञानिक अनुसन्धानको अनुसार मानिस मरिसकेपछि पनि उसको आत्मा जिउँदो रहने विश्वास गरिएको छ ।

जीवनमा कहिले काहिँ यस्तो पनि हुन्छ कि आफ्नो नजिकको मानिसको मृत्युपछि पनि उसलाई सपनामा देखिरहने, सम्झनामा आइरहने हुनसक्छ ।यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् ।सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ ।

यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ ।यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनीहरूको अनुहार तेजिलो देखिन्छ ।

मृत परिचितले सपना देख्ने मान्छेलाई आफू जहाँ भएपनि खुशी भएको आश्वासन दिन्छन् । तिमी पनि खुशी भएर बस भनी उनीहरू बताउँछन् ।सपनामा आउने मृत प्रियजनले जीवनमा आउने ठूलो समस्याका बारेमा सावधान गराउँछन् । जीवनका महत्वपूर्ण फैसलामा उनीहरू निर्देशन दिन पनि आउँछन् ।सपनामा आउनेले कहिलेपनि आफ्नो कुरा शब्दमा व्यक्त गर्दैनन् । इशारा र हाउभाउबाट आफ्नो कुरा बताउँछन् । इशारालाई बुझ्न सपना देख्नेलाई गाह्रो हुँदैन ।

यस्तो सपना देख्ने व्यक्तिले आफूमा सकारात्मक ऊर्जा आएको महसूस गर्छ । दुःखबाट मुक्ति पाउन मद्दत गर्छ यस्तो सपनाले । जीवनमै परिवर्तन आउन सक्छ यस्तो सपना देखेपछि ।भौतिक शरीर छोडेर जाने हाम्रा प्रियजन हाम्रो सपनामा झुल्किने भनी अध्यात्म र मनोविज्ञान दुवैमा उल्लेख गरिएको छ । उनीहरू हाम्रो हितका लागि देखापर्छन् । हामीले त उनीहरूको इशारा बुझे पुग्छ ।