‘स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा’


काठमाडौँ, १३ पुस | उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशको विकासका लागि सरकारको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र हुनुपर्नेमा जोड दिनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकारले हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पताल स्थापनामा जुटिरहेकाले देशका दुर्गम क्षेत्रमा अस्पताल, डाक्टर, नर्स, ल्याब असिस्टेण्टको अभाव भएको बताउनुभयो ।

सरकारले यही महीनाभित्र नयाँ स्वास्थ्य नीति ल्याउने तयारी गरिरहेको जानकारी गराउँदै उहाँले गाउँमा डाक्टरलाई काम गर्ने वातावरण तयार गर्न नसकेका कारण ८० प्रतिशत डाक्टर शहरमा तथा ८० प्रतिशत जनता गाउँमा रहेका उल्लेख गर्नुभयो ।

कोसिस नामक संस्थाका अध्यक्ष मात्रिका देवकोटाले नेपालमा स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको कमजोर स्थितिका कारण पनि रोगीको समयमै उपचार हुन नसकेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement