आफ्नै निर्वाचन क्षेत्रमा यसकारण गरियो राजेन्द्र महतोको पुतला दहन

जनकपुर , १३ पुस । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का संयोजक राजेन्द्र महतोको पुतला दहन गरिएको छ ।

विना कारण अध्यक्ष मण्डलको धनुषा सदस्य रहेका देव कृष्ण मण्डललाई पदबाट हटाएपछि ज्ञानेन्द्र झा लाई उनको पदमा राखेपछि आक्रोसित मण्डलका समर्थकहरुले जनकपुरमै महतोको पुत्ला दहन गरिएको हो ।

मधेश आन्दोलन सहित पार्टीगत आन्दोलनमा समेत अग्रनी भूमिका निर्वाह गरेका मण्डललाई विना कारण हटाएपछि उनका समर्थकहरुले जनकचोक साँझ ६ः३० बजे पुतला दहन गरेको हो ।

नेता मण्डलले आफू धनुषाको हँसपुर नगरपालिकाको एक कार्यक्रममा सरिक भएको र आफूलाई विना कुनै जानकारी, विना कुनै कारण हटाएको आरोप लगाए । उनले भने, – ‘आफूलाई हटाएको विज्ञप्ति समाजिक सञ्जालमा आएपछि मैले आफ्ना नेता तथा पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिँह भण्डारी जी लाई फोन गरी बुझ्दा उहाँले एक शब्दमा भन्नुभयो, यो बारे म केन्द्रमा बुझछु ।’

आउँदो बैशाख ७, ८ र ९ गते राष्ट्रि जनता पार्टी नेपालको महाधिबेशनको तयारी भइसकेको अवस्थामा पार्टीले के गर्न खोजेको आफूलाई थाहा नभएको प्रतिक्रिया मण्डलले दिए ।