मेलिना राईको गीतमा नयाँ मोडलसँग रोमान्स गर्दै पल शाह (भिडियोसहित)

काठमाडौँ, १३ पुस । लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

‘कहिले प्यार कहिले झगडा’ बोलको गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युबमार्फत शुक्रवार सार्बजनिक भएको हो ।

गीतमा मेलिनालाई विक्रम राणाले साथ दिएका छन् । गीतको शब्द र सङ्गीत गोविन्द मधुर आचार्यको रहेको छ ।

गीतको म्युजिक भिडियोमा पल शाह र सोमिया राणालाई फिचरिङगरिएको छ । भिडियोको निर्देशन र सम्पादन क्रान्ति केसीले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :