प्रहरी हुँ भन्दै एक करोड बढी ठगी गर्ने पक्राउ, चोरेको पैसा दोहोरी साझ र युवतीमा स्वाहा (भिडियो सहीत)

पोखरा । एउटा यस्तो ठगी, जुन सुन्दा धमाकेदार हिन्दी सिनेमाको कहानी भन्दा कम लाग्दैन । लमजुङ घर भई पोखरामा बसोबास गर्दै आएका २८ बर्षिय जिवन गुरुङको ठगीको शिलशिला लामो छ । पोखरा र काठमाडौका गरी ३० जना भन्दा बढीलाई उनले फिल्मी शैलीमा ठगी गरेका छन । गाडी र जग्गा पास गरीदिने भन्दै पैसा लिने र सम्पर्क बिहिन हुने देखी ‘तिम्रो गर्लफ्रेण्ड लाई सरकारी जागीर लगाइदिन्छु’ भनेर समेत उनले ठगी गर्न भ्याएका छन । धेरै जना लाई उनले आफु प्रहरीको असई भएको बताउने गरेका छन । अन्ततः उनलाई कास्की प्रहरीले काठमाडौ बाट पक्राउ गरेको छ । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले घटनाको सम्पुर्ण नालिबेली सार्वजनिक गरेको छ । टेलिभिजन संगको कुराकानीमा उनले झण्डै एक करोड रुपैया ठगी गरेको स्वीकार गरेका छन । त्यस्तै सोही टेलिभिजन कार्यक्रममा पोखराको एउटा सरकारी कार्यालयमा भएको लज्जापद चोरीको बिषय समेत सार्वजनिक भएको छ । कृपया तलको पुरा भिडियो हेर्नुहोस :