तमु ल्होसारमा गण्डकी प्रदेशमा आइतबार सार्बजनिक बिदा दिइने

पोखरा, १३ पुस । तमुहरुको उद्गम थलो मानिने गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले पुस १५ गते आइतबार पर्ने तमुहरुको चाड ल्होसारमा सार्वजनिक बिदा दिन लागेको हो ।

प्रदेश सरकारलाई त्यस्ता विशेष अवसरमा वर्षको ६ दिन बिदा दिन पाउने व्यवस्था सुरुवात ल्होसारबाट गरिएको गण्डकी प्रदेश सरकारको भनाइ छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ल्होसारका दिन बिदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुस ११ गते लमजुङ घलेगाउँमा भएको एक कार्यक्रममा ल्होसारमा बिदा दिने बताएका थिए । त्यसको दुई दिनपछि मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषदको बैठकबाट औपचारिक निर्णय गराएका हुन् ।

तमु ल्होछार पुसे १५, सोनाम ल्होछार माघ प्रतिपदा र ग्याल्बो ल्होछार फागुन प्रतिपदामा सार्वजनिक बिदा दिने चलन चलाएका पृथ्वीसुब्बाले संघीय सरकारले बिदा कटौती गरे पनि प्रदेशको अधिकार अनुसार गण्डकीमा तमु ल्होसारमा बिदा दिने निर्णय गरेका छन् ।