प्रधानमन्त्री ओलीलाई हामीले कतिपटक भन्यौ नबोल्नुस, काम गर्नुस तर दुखका साथ भन्नु पर्छ प्रधानमन्त्रीको दुइटा रुची छ ‘कि बोल कि पोल’ : गगन थापा (भिडियो)

काठमाण्डौ, १३ पुस । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद गगन थापाले ओली सरकारले लोकतान्त्रिक पद्धतिको गलत व्याख्या गर्ने काम गरेको आरोप लगाएका छन्। थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन पनि सरकारसँग आग्रह गरेका छन् ।

कर्मचारीहरु आन्दोलनमा रहेको बताउँदै थापाले देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन भएको भए यस्तो अवस्था नआउने बताए । नेकपाका अध्यक्षले पुष्पकमल दाहालले लोकतान्त्रिक प्रणाली छिटो छिटोे विकास हुने प्रणाली होइन भनी दिएको अभिव्यक्तिलाई उनले ‘नाच्न नजान्ने आँगन टेढो’ को संज्ञा दिए।

प्रधानमन्त्री केपी ओलीले काम भन्दा कुरा बढी गर्नु भयो, उनको मात्र दुइ रुचि छ ‘कि बोल कि पोल’ : थापाले आरोप लगाए ।

भिडियाे हेर्नुहोस :

०००

यो पनि पढ्नुहोस

प्रस्तावित प्रधानन्यायाधीश जवराको संसदीय सुनुवाइ आइतबार

काठमाडौँ, १३ पुस । सङ्घीय संसद् मातहतको संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ ।

नौ जना उजुरीकर्तालाई आ–आफ्नो उजुरीको पुष्टि गर्न समितिले बैठकमा बोलाएर छलफल गरेको हो । संवैधानिक परिषद्ले सर्वाेच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा जवराको प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिले सूचना प्रकाशित गरी यही पुस ११ गतेसम्म उहाँको नाममा उजुरीका लागि आह्वान गरेकामा नौ जनाले उजुरी दर्ता गराउनुभएको थियो ।

कार्य सम्पादनका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राणाले संविधान, ऐन र नियमविपरीत व्यक्ति विशेषबाट प्रभावित भएर मुद्दाको निर्णय गरेको हुँदा यस्तो पात्र प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा नियुक्त गर्नु उपयुक्त नहुने उजुरीकर्ताले बैठकमा तर्क प्रस्तुत गर्नुभएको थियो ।

उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश जवरालाई संसदीय सुनुवाइका लागि आगामी आइतबार २ बजे बोलाउने निर्णय गरेको छ ।

बैठकपछि समितिका सदस्य जीतेन्द्रनारायण देवले उजुरीकर्तासँग उजुरीको व्यहोरा, व्याख्या र थप जानकारी लिने काम सकिएपछि प्रस्तावित प्रधानन्यायाधीशलाई संसदीय सुनुवाइका लागि आगामी आइतबार बोलाउने निर्णय भएको जानकारी दिनुभयो । रासस