ठगी गर्ने ६ भारतीय पक्राउ गरेको छ

भोजपुर, १३ पुस | ठगी गर्दै आएका ६ भारतीय नागरिकको समूहलाई प्रहरीले आज पौवादुम्मा गाउँपालिका–४ बाट पक्राउ गरेको छ ।

सुन सफा गरिदिन्छौँ भन्दै स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै आएका उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारतको मोतीहारी घोडासहन–१४ का लवकुश शाह, जीतेन्द्र शाह, शरणकुमार शाह, रवीन्द्र शाह, रमेश कुमार र राकेश कुमार रहेका छन् । रासस