टेम्पोमा चडेर स्वस्तिमा र मुकुन डेटिङ जाँदै (भिडियो)

काठमाडौँ। पछिल्लो समयमा निकै चर्चा कमाएकी नायिका स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’को दोस्रो टिजर सार्वजनिक भएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल,दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी र सृष्टि भट्टराईको मुख्य भूमिका छ । विनोद पोडेलको निर्देशनमा बनेको फिल्म ‘बुलबुल’मा अविरल थापाले फिल्म निर्माण गरेका हुन् । टिजरमा टेम्पो ड्राइभर स्वस्ति नायक मुकुन भुषालसँग डेटिङमा हिडेको दृश्य देखाइएको छ । फिल्म ‘बुलबुल’ यहि फागुन ३ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ ।