मूल्यवृद्धिको विरोध गर्दै भएको प्रदर्शनमा १९ जनाको मृत्यु, २१९ भन्दा बढी घाइते

खार्तुम, १३ पुस । उत्तर अफ्रिकी राष्ट्र सुडानमा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ ।

खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा गत सातादेखि भएको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु हुनुका साथै दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् ।

सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिए ।

पार्टी (एनसीपी) को मुख्यालयमा आगजनी गरेपछि कफ्र्यु समेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् ।

सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकार विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन् ।