कादर खान अस्पताल भर्ना, भेतिलेटरमा राखेर उपचार गरिंदै
काठमाडौं, १३ पुस । बलिउड अभिनेता तथा हास्यकलाकार कादर खान अस्पताल भर्ना भएका छन् ।
८१ बर्षीय खानको स्वास्थ्य अवस्था नाजुक भएकाले अस्पताल भर्ना गरिएका उनलाई यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहको भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ ।
खानका छोरा सरफराजका अनुसार उनको ‘प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डर’का कारण दिमागमा सञ्चालित हुने गतिविधिसमेत प्रभावित भएको उल्लेख गरिएको छ ।
लामो समयदेखि अष्ट्रेलियामा रहँदै आएका खानलाई एक्कासी श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि डाक्टरहरूको एक समूहले उनलाई भन्टिलेटरमार्फत् उपचारका लागि सिफारिस गरेका थिए ।
यतिबेला खान बोल्न नसक्ने अवस्थामा रहेको र उनमा निमोनियाको लक्षणसमेत देखा परेको छ। छोरा सरफराजका अनुसार खानको यसअघि घुँडाको शल्यक्रिया समेत गरिएको थियो ।
खानले फिल्म, ‘मुज्से सादी करोगी’, ‘जिना सिर्फ मेरे लिए’, ‘आखियो से गोली मारे’, ‘जौरुका गुलाम’ लगायतका दजर्नौ फिल्ममा अभिनय गरिसकेका छन् ।