खुसीको खबर, सुनको मूल्य घट्यो

काठमाडौं ,१२ साउन । शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा समेत केही कमी आएपनि नेपालमा पनि त्यसको प्रभाव परेको हो । बिहीबार ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्डको मूल्य शुक्रबार प्रति तोला २ सय रुपैयाँले घटेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन पनि तोलामा २ सय रुपैयाँ घटेर ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । चाँदी भने स्थिर रहेको छ । चाँदी तोलामा ७ सय ४० रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले प्रति दश ग्राम फाइनगोल्डको मूल्य ४८ हजार ४ सय ४० रुपैयाँ, तेजाबी सुनको ४८ हजार १ सय ८५ रुपैयाँ र चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ पचास पैसा तोकेको छ ।