चर्चित गित ‘घास काट्ने खुर्केर आयो जोवान हुर्केर’,’पिँडिमा बसेर मेरै बाटो हेरेर’ गाउने लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

काठमाडौं । चर्चित गीत ‘घास काट्ने खुर्केर आयो जोवान हुर्केर’  गाउने लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ बर्षको उमेरमा निधन भएको छ ।

भक्तपुरको चागुनारायण स्थित आफ्नै निवासमा उनको निधन भएको हो ।  विगत लामो समयदेखि धेरै रोगले विरामी परेका लामिछाने शुक्रबार  दिउँसो उनको निधन भएको हो। लामिछानेका दुई छोराहरु छन् । उनका सदाबहार गित’घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर’ चर्चित छन् ।