सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला, मृत्युको कारणबारे अनुसन्धान जारी

काठमाडौं, १३ पुस । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी पुगेकी एक नेपाली विद्यार्थीको मृत फेला परेकी छन् । मृत्यु हुनेमा स्मृति आलेमगर रहेकी छिन् ।

सिड्नी नजिकै ब्याड्क्सटाउन क्षेत्रमा आलेमगरलाई अचेत अवस्थामा भेटिएपछि अस्पताल पुर्‍याउँदा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

प्रहरीले उनको मृत्यु आत्महत्या की अन्य कारणले भएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

सिड्नीमा मृत भेटिएकी स्मृति आलेमगरको शव नेपाल पठाउन स्थानीय संघ संस्थाले पहल सुरू गरेका छन् ।