विहेको मौसम नभए पनि सुनको भाउ उकालो लागेको लाग्यै !

काठमाडौँ , १३ पुस । आज शुक्रबार पनि नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । बिहिबारको तुलनामा आज शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको हो ।

बिहीबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि तेजाबी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ७३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँ बढेर ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीका मूल्यमा केही तलमाथी हुन सक्नेछ ।