मनाङमा लगातार १८ घण्टासम्म हिमपात, तापक्रम माइनस २० डिग्रीमा झर्यो

मनाङ, १३ पुस । मनाङमा लागातार १४ घण्टा हिमपात भएको छ । बिहीबार दिउँसदेखि पर्न थालेको हिउँ लगातार १४ घण्टासम्म परेर आज विहान ७ बजे रोकिएको हो ।

जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ भने अन्य भूभागमा पातलो हिउँ परेको छ । लामो समयसम्म आकाशमा बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार बिहीबार बिहानदेखि त्यहाँको मौसममा खराबी देखिएको थियो । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।

हिमपातले जनमानसमा कुनै असर भने नगरे पनि चिसो भने बढेको छ ।