आफ्नै विवाहको कार्ड बाँड्न हिडेकी युवतीको दुर्घटनामा मृत्यु


एजेन्सी। भारतका आफ्नो विवाहको कार्ड बाँड्न भनेर हिंडेकी एक युवतीको दुर्घटनामा मृत्यु भएको छ। जनवरीको २५ तारिकमा विवाह पक्का भएकी ती २७ वर्षीय युवतीको नाम साक्षी रहेको छ।

सडकमा ट्यांकरबाट चुहिएको पानीको कारण चिप्लो भएको सडकमा उनी सवार स्कुटर दुर्घटनाग्रस्त भएको हो। चिप्लो सडकमा स्कुटर अनियन्त्रित भएर सडकमा लडेकी साक्षीलाई सोहि दिशाबाट आउंदै गरेको ट्यांकरले ठक्कर दिएको थियो।

ट्यांकरको पछाडीको चक्कामा बजारिएको कारण टाउकोमा गम्भीर चोट लागेकी साक्षीलाई अस्पतालमा मृत घोषित गरिएको भन्दै भारतीय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

स्कुटरमा प्रहरीले मृत युवतीको विवाह निमन्त्रणा कार्ड फेला पारेपछि परिवारजनसँग सम्पर्क सम्भव भएको हो। विवाह कार्डमा रहेको परिवारजनको सम्पर्क नम्बरमा फोन गरेर युवतीको दुर्घटना भएको भन्दै परिवारलाई अस्पताल बोलाइएको थियो। अस्पताल पुगेपछि मात्रै परिवारजनलाई साक्षीको मृत्यु भएको जानकारी गराइएको थियो।

उक्त दुर्घटनाको सिसिटिभी फुटेजनै बाहिर आएको छ। साक्षी सवार स्कुटर चिप्लिंदा उनी ट्यांकरको चक्कामा परेको दर्दनाक दृश्य उक्त फुटेजमा देखिन्छ।

ट्यांकर चालक दुर्घटना पछि फरार छन्। स्थानीय प्रहरीले फरार चालकको खोजि तिब्र वनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement