नेपाल विद्युत प्राधिकरणले लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ

काठमाडौँ,१३ पुष । नेपाल विद्युत प्राधिकरणले लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ। विभिन्न रिक्त पद पूर्ति गर्न माग गरेको कर्मचारीका लागि योग्यता पुगेका उम्मेदवारले दिएको लिखित परिक्षाको नतिजा १३ गते सार्वजनिक गरेको हो ।

नतिजा www.nea.org.np मार्फत पनि हेर्न सकिन्छ । विद्युत प्राधिकरणले लिखित परिक्षाको नतिजा सार्वजनिक गर्दै उत्तीर्ण भएकालाइ अन्तर्वार्ताका आवश्यक प्रमाणपत्रसहित अन्तरवार्ताका लागि आउन शुक्रबार गोरखापत्र दैनिकमा सूचना निकालेर जानकारी गराएको छ ।