नया जीवन सुरु गर्ने लाग्दा जीवन नै समाप्त, आफ्नै विवाहको कार्ड बाड्न हिँडेकी युवतीको स्कुटर दुर्घटनामा मृत्यु, सबै रेकर्ड भयो सिसिटिभी क्यामेरामा (भिडियो)

एजेन्सी । नया जिन्दगि सुरु गर्ने निम्तो बाढ्दै हिन्दा एक युवतीको ज्यान गएको छ । आफ्नो विवाहको कार्ड बाड्न स्कुटरमा जादै गरेकी एक युवतीको सडक दुर्घटनामा मृत्यु भएको हो। सडक दुर्घटनामा उनको मृत्यु भएको सीसीटीभी फुटेज सार्वजनिक समेत भएको छ।

पानी परेर सडक चिप्लो भएको कारण उनको स्कुटर लडेको र पानीको ट्यांकरको पछाडीको टायरले उनलाई कुल्चेको सीसीटीभी फुटेज सार्वजनिक समेत भएको छ। टायरले कुल्चिदा उनको टाउकोमा पनि गम्भीर चोट लागेको थियो। दुर्घटना लगत्तै त्यहाका स्थानीयले युवतीलाई अस्पताल पुर्याए पनि उनको मृत्यु भएको थियो ।

ति युवती भारतको उज्जैन निवाशी रहेको खुलेको छ । तर उनले  इंदोरमा जागिर गर्दै आएकी थिइन्। उनको विवाह जनवरी २५ मा हुने तय भएको कार्डमा छापिएको थियो।

सीसीटीभी फुटेजका आधारमा युवतीलाई ठक्कर दिने ड्राइभरलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाई सकेको छ।

भिडियो हेर्नुहोस :