प्रताप र मेलिनाको नयाँ गीत ‘कान्छीको डिम्पल’मा एलिशा र शिशिरको रोमान्स (भिडियोसहित)

काठमाडौं, १३ पुस । अहिलेकी जल्दोबल्दो गायिका मेलिना राई र नेपाल आइडल सिजन १ का सेकेण्ड रनर अप प्रताप दासले नयाँ डोयट गीत बजारमा ल्याएका छन् ।

थुप्रै गीत संगै गाइसकेका यी दुई सांगीतिक जोडीले ‘कान्छीको डिम्पल’ बोलको गीत सार्बजनिक गरेका हुन् ।

मेलिना र प्रतापले गाएको गीतहरुलाई दर्शकको निकै मन पनि पराएका छन् । जुनी रानाको शब्द र बसन्त सापकोटाको संगीत रहेको कान्छिको डिम्पल बोलको डान्सिङ शैलीको गीतको गीतमा प्रताप दास र मेलिना राईको आवाज रहेको छ । उक्त गीतमा अहिलेकी चर्चित मोडल एलिशा राई र शिशिर श्रेष्ठलाई फिचरिङ गराइएको छ ।

जनता म्युजिकको युट्युब च्यानलबाट ‘कान्छीको डिम्पल‘’को म्युजिक भिडियोलाई बिहीबार रिलिज गरिएको हो । म्युजिक भिडियोको निर्देशन निश्चल केसीले गरेका छन् । सम्पादन अमृत चापागाइँले गरेका हुन् भने ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।

भिडियो हेर्नुहोस् :