ट्याक्टर पल्टिंदा एकको मृत्यु, एक घाइते

रुकुम(पूर्व), १३ पुस । रुकुम(पूर्व) मा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका तकसेराबाट कोलतर्फ जाँदै गरेको रा१त १६९४ नंको ट्याक्टर सोही गाउँपालिका–१२ को गर्खानीमा बिहिबार दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा भुमे गाउँपालिका–१ पञ्चासेका १६ वर्षीय बिस्मत गुरुङ रहेको रुकुम पूर्व जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोही दुर्घटनामा परी रुकुम (पश्चिम) आठबिसकोट नगरपालिकाका दिलीप विक घाइते भएका छन् ।

हिउँमा चिप्लिएर ट्याक्टर सडकबाट करीब ३०० मिटर तल खसेको बताइएको छ ।