क्यान्सर पिडित ३ बर्षिया बालिका एलिश्ना राई यसरी हास्दै उपचार गर्न गएका थिए,तर क्यान्सरलाई जित्न सकेनन,यसरी बाकसमा फर्किए (भिडियो)
काठमाडौँ । पाचथर स्थायी घर भएकी ३ बर्षीय नाबालिका एलिश्ना राईको निधन भएको छ । प्राणघातक रोग बोनम्यारो क्यान्सर जस्तो गम्भीर रोगले थलिएकी नाबालिकाको भारतमा गई उपचार गर्दा गर्दै उनको निधन भएको उनका बुबा मिलन राईले जानकारी दिए । उनका उपचारको लागि विभिन्न अभियानबाट लाखौ रकम उठे पनि उनले क्यान्सरलाई जित्न भने सकेनन । बिकत ७ महिना देखि भारतको डेल्लीमा उपचार गर्दा गर्दा उनको निधन भएको हो । बोनम्यारो ट्रान्सप्लान्ट गरे पनि विभिन्न अङ्गहरुमा संक्रमण भएपछि बाच्न सफल भएनन ।
बुधबार मध्ये राति १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा बुबा मिलन रुदै छोरीको शव बाकसमा बाहिर ल्याउदै गर्दा जो कोहीको पनि मन भक्कानिन्छ । ७ बर्षीय बालकको बोनम्यारो ट्रान्सप्लान्ट गरीए पनि अलिश्ना बच्न सकेनन । देश तथा विदेशबाट उठेको रकमबाट उनको उपचार भैरहेको थियो । भारतमा उपचार हुदा कति ३५ लाख भारु खर्च भएको उनको बुबा मिलनले बताए । अभियानबाट जम्मा ५२ लाख उठेको र अब केहि रकम बाकी छ त्यसलाई पनि सहयोग गर्ने उनले बताए ।