निर्मला पन्तको नाममा युट्युबमा पैसा कमाउने होडबाजी

काठमाडौँ, २०असोज । कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछी हत्या भएको दुइ महिना बितिसकेको छ । तर दुखद कुरा प्रहरीले अझै सम्म पनि अपराधी पत्ता लगाउन सम्म सकेको छैन । तर यता च्याउसरी उम्रिएका युट्युब च्यानलहरुले भने निर्मला पन्तको नाममा पैसा कमाउने माध्यम बनाएका छन् ।

ती युट्युब च्यानलहरुले निर्मलाका नाममा अन्धाधुन्द रुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ । निर्मला पन्तको अर्धनग्न तस्बिर राखेर घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र डलर कमाउने धन्दा आजकाल मौलाएको देखिन्छ । निर्मलाका परिवारलाई अपराधी पत्ता नलागेको पिडा त छदैछ यता यी युट्युब च्यानलहरुले डलरको लागी तथानाम बोल्दै र लेख्दै जादा पिडित परिवारलाई अझ मर्माहत बनाएको छ । यी सब चलीरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ । एउटा विषयलाई घरीघरी राखेर पैसा कमाउ धन्दागर्दा परिवारलाई घाउमा नुनचुक भएको छ ।