कार्यक्रम “यौनका कुरा” सुरु-सुरुमा अफ्ठ्यारो लाग्यो, विस्तारी ठिक हुदै गयो: प्रस्तोता भीमा मैनाली (भिडियो)

काठमाडौँ । यौन भन्न साथ मानिसहरु सकारात्मक भन्दा नकारात्मक कुरा बढी सोच्ने गर्दछन । मानिसको जीवनचक्र आखिर यहि पेरिफेरीमा घुमिरहेको हुन्छ । यौनका बारेमा खुलेर बोल्नु अझै पनि हाम्रो समाजमा लाजको बिषय बोल्नै नहुने कुराको रुपमा लिने गर्छौ । यसो गर्दा सबै ठिक हुने भने पक्कै होइन ।

मानिसलाई यौनको बिषयमा खुलेर सिकाउने पढाउने गर्न सके स्वास्थ्य संगसंगै महिला हिंसामा केहि कम हुने थियो । त्यस्तै,नेपालमा पनि केहि रेडियो तथा टेलिभिजनमा यस्तो यौनका बारेमा केहि जिज्ञासा तथा समस्याहरुको कार्यक्रम बनाई समाधानको विकल्प दिने गरेको छ । टिभी टुडे मार्फत प्रत्येक शुक्रबार र शनिबार राति १०:०० बजे देखि ११:०० बजे सम्म यस्तै यौन समस्यामा परेका व्यक्तिहरुको खुल्दुली र समस्याको समाधान गर्ने उद्देश्यले यो कार्यक्रम प्रशारण हुने गर्दछ । कार्यक्रम प्रस्तोता भिमा मैनाली गर्छिन भने उनका साथमा एक जना यौन विशेषज्ञ आउने गर्दछन । कार्यक्रममा प्रत्यक्ष फोन एसएमएस मार्फत आफ्नो समस्या जिज्ञासा राखेर डाक्टरको सल्लाह लिन सकिन्छ ।