सरकारद्वारा ५ जना नयाँ राजदूत नियुक्ति, ३ जनालाई फिर्ता ! (नामसहित)
काठमाडौँ, १२ पुस । सरकारले यही पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्बजनिक गर्दै विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको जनाएको छ ।
सो दिन गरिएको निर्णय सार्बजनिक गर्दै ५ देशका लागि राजदूत सिफारिस गरेको र ३ देशका राजदुतलाई फिर्ता बोलाइएको जनाएको हो ।
सिफारिस हुने राजदुतहरुमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्ड रहेका छन् ।
यसैगरी बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसाल, दक्षिण कोरियाका राजदूत अर्जुन जगबहादुर सिंह र स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई फिर्ता बोलाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।