नेपाल बसोबास बस्ती संरक्षण समाजको प्रदेश नं २ को अध्यक्षमा सुभेन्द्रकुमार दास

  • आलोक यादव

लहान, १२ पुस । नेपाल बसोबास बस्ती संरक्षण समाजको प्रदेश नं २ को आज लहानमा सम्पन्न अधिवेशनले सुभेन्द्रकुमार दासको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा रामनारायण ठाकुर, सचिवमा बलेन्द्र पासवान, सहसचिवमा मोहनलाल चौहान र कोषाध्यक्षमा नमिता लोहनी , सदस्यहरुमा , आलोक यादव , सयाम सुन्दर राम , महिला सदस्यहरुमा , सुमित्रा कुमारी महरा , सरर्स्वति मंडल , प्रतिभा कुमारी राई , चयन गरेको छ । मनोनयन गरिने समितिका नवनिर्वाचित अध्यक्ष दासले जानकारी दिनुभयो ।