ह्वीलचियरले संसार जित्ने अनुको कथा भन्छिन् “अपाङ्गता हुनु जीवन सकिनु होइन”(भिडियो)
माओदिप राई,काठमाडौं। अरु जस्तै सामान्य जन्मिए पनि जिन्दगिको झन्डै २६/२७ औ बसन्त पार गर्दै गर्दा दुवै खुट्टाले साथ् छोडे,केहि समय अत्तालिए, जिन्दगी देखिनै निकै हारेस पनि खाए। तर आज उनको आफु माथीको आत्माविश्वास,इच्छाशक्ति, निरन्तरता र गर्नै पर्छ भन्ने धेयले आज कुनै सबलाङ्ग व्यक्ति भन्दा कम छैनन्।
खोटांग जिल्लाको सप्तेसोरमा झन्डै ३० औ बसन्त अघि जन्मिएका अनुकला राई, व्यक्ति,समाज तथा देशको लागी प्रेरणाको स्रोत हुनुहुन्छ, उहाको आट, आत्माविस्वास र साहस देख्दा असम्भव केहि छैन जस्तो लाग्छ। उहा भन्नुहुन्छ ‘म गर्न सक्छु भनेर आफ्नो इच्छा सक्ति राख्यो भने असम्भव केहि छैन’। उनको यो भनाई मात्र होइन उनको सफलताले नै सिकाएको पाठ हो यो।
जब दुइ खुट्टा चल्न छोडे र अपाङ्गता भए तब सामान्य व्यक्तिलाई समेत गाह्रो हुने खेल स्विमिङ,बास्केटबल र भारतोलकमा सहभागी हुन थाल्नु भयो,खेलहरुमा जित्दै पनि जानु भयो।आफुले खेलहरु जित्दै गर्दा आफ्नो जितको निम्ति उहा भन्नुहुन्छ। ‘मेरो जित आफ्नो नभएर पुरा अपाङ्गता भएको व्यक्तिले जितेको हो।मेरो जित हेरेर अर्को मै जस्तो अपाङ्गता भएको व्यक्तिलाई हौशला मिल्ने छ’। उहालाई आफु कुनै अपाङ्ग व्यक्ति जस्तो लाग्दैन। भन्नुहुन्छ ‘व्यक्ति, समाजले अपाङ्गता माथी गर्ने व्यबहार,सोचाई मात्र फरक हो तर हामी हाम्रो काम हामी आफै गर्न सक्छौं,हामी पनि कुनै सबलाङ्ग व्यक्ति भन्दा कम छैनौं’।
प्रयास गर्नुपर्छ,आफुमाथी आत्माविस्वास राख्नु पर्छ,जितको अटोठ राख्नु पर्छ, केहि पनि गर्न सक्दिन भनेर चुप रहनु हुदैन,अपाङ्गता भए भन्दैमा जीवन सकियो भन्ने सोच्नु हुन्न ‘जित सम्भव छ,सफलता अवस्य मिल्छ भन्ने अनु साच्चै सफल पनि हुनुहुन्छ ।
तर उहालाइ राज्य तथा सम्बन्धित निकाय संग पानि गुनासो छ जसले अपाङ्गव्यक्तिहरुको लागी काम गरिरहेका छन्। भौतिक संरचनाहरुको कारणले गर्दा अपाङ्गता भएका व्यक्तिलाई बाहिर निस्कन असहज छ, भौतिक संरचनाहरु अपाङ्गमैत्री,ह्वीलचेयरमैत्री बनाउनु पर्ने उहाको माग छ ।
हेरौ,उनै व्यक्ति,समाज तथा देशको लागी प्रेरणाको स्रोत बन्नु भएको अनुकला राई संगको पुरा कुराकानी: