हत्कडीसहित चोर फरार भएपछि वकिल पक्राउ, वकिल पक्राउ परेको बिरोध गर्दै बारद्वारा विज्ञप्ति जारी (विज्ञप्तिसहित)

काठमाडौं, १२ पुस । प्रहरीले कानून व्यवसायीलाई अदालत परिसरबाटै पक्राउ गरेको भन्दै नेपाल बार एशाेसिएशनले विरोध जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट चोरी मुद्दाका एक अभियुक्त हत्कडीसहित फरार भएपछि वकिलले भाग्न सहयोग गरेको भन्दै प्रहरीले अधिबक्ता रामकुमार आचार्यलाई पक्राउ गरेको भन्दै बार एशेसिएशनले विरोध जनाएको हो ।

प्रहरीले बुधबार साँझ आचार्यले प्रतिरक्षा गरेका अभियुक्त लालकाजी तामाङलाई भगाएको आशंकामा अधिबक्ता आचार्यलाई पक्राउ गरि सोधपुछ गरेपछि छोडिसकेको छ । यद्यपी बारले भने आज बिहिबार एक विज्ञप्ति जारि गर्दै घटनाको बिरोध जनाएको हो ।

विज्ञप्ति हेर्नुहोस् :