कस्तो निर्दयी आमा ! ताप्लेजुङको जंगलमा लुङ्गी र बर्कोले बेरेको अवस्थामा बेवारिसे शिशु भेटियो – फोटो सहित

ताप्लेजुङ, २० असोज । ताप्लेजुङ्गमा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ । फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा एक शिशु बेवारिसे अवस्थामा भेटिएका हो।

भर्खरै छोडेर गएको जस्तो देखिने जंगलमा रहेको एउटा गोठमा शनिबार बिहानै लुङ्गी र बर्कोले बेरेर घाँसको थुप्रोमाथि छोडेको अवस्थामा स्थानीयले शिशु देखेका थिए । वेवारिसे अवस्थामा छोडिएको शिशुलाई फेला पारेपछि स्थानीयले सुकेटार विमानस्थल सुरक्षा गार्डलाई खबर गरेपछि प्रहरी र स्थानीयले विमानस्थलसम्म ल्याएका थिए । शिशुको शरिरमा सामान्य चोट लागेको हुनाले जिल्ला अस्पताल ताप्लेजुङ लागिएको छ ।

शिशुलाई तत्काल फेला पारिएकोले उनको स्वास्थ्यमा खास नराम्रो असर नपरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी काँसिनाथ रेग्मीले बताए । शिशु कसले र किन फाले त्यसको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।