दात नमाझेको र ननुहाएकै कारण पतिले पत्नीलाई दिए सम्बन्ध विच्छेद

एजेन्सी। हामीले शरीरको ख्याल राखेर नियमित जस्तो नुहाउने गरेका हुन्छौ । मानिस कति दिनसम्म ननुहाउला रु तपाई–हामीले सोच्ने भनकै एक महिनासम्म हो । तर, ताइवानमा भने एक महिलाले वर्षमा एकपटक मात्रै नुहाउने गरेकी छन् । उनले कहिले काँही मात्र दाँत माझ्ने गरेका कारण उनका श्रीमान् आजित भएर उनका पतिले डिभोर्स दिएका छन् । महिलाले वर्षमा एकपटक मात्र नुहाउने गरेको कारणले उनीहरुको बिवाह भएको १० वर्ष सम्मपनि सन्तान जन्मिएका थिएनन् ।

उनका पतिले ननुहाएको भन्दै अदालतमा सम्बन्ध विच्छेदको मुद्दासमेत दर्ता गराए र सम्बन्ध विच्छेदाको मुद्दालाई अदालतले स्वीकृत पनि गरेको ताइपेइ टाइम्सले जनाएको छ । ति महिलाले वर्षमा एकपटक मात्र नुहाउने गरेको कारणले उनीहरुको जम्मा  केहि दिन मात्र सम्भोग हुने गर्थे ।