जस्ताको टहरोमा बस्दै आएका खोटाङका कर्ण राई मृत फेला
काठमाडौँ, १२ पुस । काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् ।
बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका ती आज बिहान व्यक्ति मृत फेला परेका हुन् ।
मृतक खोटाङका ४० वर्षीय कर्ण राई भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।