Breaking ## खोप लगाऊँदा ४५ दिने शिशुको मृत्यु : आफन्तद्वारा पाटन अस्पतालमा प्रदर्शन, अस्पताल परिसर तनाबग्रस्त !


काठमाडौँ , १२ पुस । ललितपुरस्थित पाटन अस्पतालमा ४५ दिने शिशुलाई खोप लगाउने क्रममा शिशुको मृत्यु भएपछि शिशुका आफन्तले आन्दोलन गरेका छन् ।

मंगलबार खोप लागाएर घर पुर्याइएका जुम्लाको कुनका सुन्दरी घर भई हाल ललितपुरको सुनाकोठी बस्दै आएका राजबहादुर राउतका ४५ दिने छोराको मृत्यु भएपछि शिशुका परिवार र आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् ।

आन्दोलनका कारण अहिले अस्पतालको स्थिति तनावग्रस्त छ । शिशुका आफन्तले अस्पतालको आकस्मिक सेवामा अवरोध पुर्याउन खोजेपछी प्रहरीले हस्तक्षेप गरेको छ ।

पिडित परिवार तथा आफन्तले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै खोप लगाउने व्यक्तिलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

पारिवारिक स्रोतका अनुसार गत पौष ९ गते ४५ दिने खोप लगाएर घर लगेपछि शिशुलाई ज्वरो आएको र बच्चा बिरामी भएपछि आज बिहान करिब छ बजे अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यता अस्पतालका चिकित्सकले भने पोष्टमार्टमको रिपोर्टपछि मात्र मृत्युको कारणबारे खुल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement