शोक सन्देशमा ‘बधाई’ लेख्ने कर्मचारीलाई कारवाही गरिने

काठमाडौं, १२ पुस । इन्डोनेसियाका राष्ट्रपतिलाई पठाएको शोक सन्देशबारे राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा गल्ति शब्द लेख्ने कर्मचारीलाई कारबाही गरिने भएको छ ।

बुधबार इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोलाई पठाएको शोक सन्देशमा बधाई भन्ने शब्द राखेर पठाईएको विज्ञप्ति पठाइएको थियो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निजी सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गल्तीबारे अधिकारीहरूसँग स्पष्टीकरण मागिएको जनाएको छ ।

‘तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्रपति भण्डारीले सुनामीबाट भएको जनधनको क्षतिप्रति शोक सन्देश पठाएकी थिइन् ।