बिबिएल : सर्वाधिक विकेट लिने खेलाडी बने सन्दिप !

काठमाडौं, १२ पुस । नेपाली गूगली ब्वाई सन्दिप लामिछाने अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगमा सर्वाधिक विकेट लिने खेलाडी भएका छन् ।

अघिल्लो दूई खेलमा ५ विकेट लिइसकेका सन्दीपले आजको खेलमा पनि दुई विकेट लिएपछि उनि बिबिएलमा सबैभन्दा बढी विकेट लिने खेलाडी भएका हुन् ।

मेलबर्न स्टार्सको तर्फबाट सिड्नी सिक्सर्स विरुद्धको आजको खेल उनको तेस्रो खेल हो । तीन खेल खेलिसक्दा उनले जम्मा ७ विकेट लिइसकेका छन् ।

सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा सिड्नीका कप्तान मोइजेस हेनरिक्सलाई आउट बनाएका थिए भने आफ्नो तेस्रो ओभरको अन्तिम बलमा टोम कुरानलाई आउट बनाए ।

टस जितेको फिल्डिङ गरिरहेको सन्दीपको मेलबर्नले आज जित्नै पर्ने दवाव छ ।