अत्याधिक मदिरा सेवनका कारण एक महिलाको मृत्यु

मेलम्ची, १२ पुस । मेलम्चीमा एक महिला मृत फेला परेकी छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला परेकी हुन् ।

बिष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको मेलम्ची इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

बिष्णु स्थानीय कृष्णबहादुर दमैकी श्रीमती हुन् ।