उकालो लाग्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौं, १२ पुस । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ । आज बिहिबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेको हो ।

बुधबार ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँ बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि १० रुपैयाँले बढेर तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।