बलिउड नायक सलमानको आज जन्मदिन, बर्थडे पार्टीमा सुष्मिता सेनदेखि कट्रिना कैफसम्मलाई बोलाए

एजेन्सी, १२ पुस । आज बलिउडका सुपरस्टार नायक सलमान खानको ५३ औ जन्मदिन हो । यहिँ अवसरमा सलमानले बुधवार राती आफ्नो फार्म हाउसमा भव्य पार्टी दिएका थिए ।

सलमानले दिएको उक्त बर्थडे पाटीमा सहभागी हुनका लागी कट्रिना कैफ, अनिल कपुर, सोनाक्षी सिन्हा, कृति सेनन, मौनी रोय लगायतका अन्य कलाकार पुगेका थिए ।

सलमानले आफ्नो जन्मदिनको अवसरमा सुन्स्मिता सेनसंग बबाल डान्स गरेका थिए ।

सलमान खानले संचालन गदैं आएको विइङ ह्ययूमन नामक संस्थाले पछिल्लो समयमा समाजसेवा कार्यमा पनि हात हाल्दै आएको छ, उनले गरेको समाजप्रतिको सेवालाई धेरैले रुचाएका छन् ।