५५ वर्षीय यी अभिनेताले सेठले गरे आफुभन्दा १८ वर्ष कम उमेरकी मोडलसँग विवाह

एजेन्सी। माया गर्नको लागि कुनै पनि उमेरले छेक्दैन । बलिउडका एक जोडीमा पनि यस्तै भएको छ। अभिनेता तथा बिज्ञापनदाता सुहेल सेठले विवाह गरेका छन् । ५५ वर्षीय सुहेलले आफु भन्दा १८ वर्ष कम उमेरकी प्रेमिका लक्ष्मी मेननसँग विवाह गरेका छन्। खबरअनुसार यो विवाह क्रिसमसमा भएको हो। विवाह समारोहमा धेरै कम मानिसहरु उपस्थित भए। विवाहमा फुल्ल पटेल, शीला दीक्षित, जय पांडा, अमर सिंह, फिल्म मेकर मुजफ्फर अली र तरुण तेजपाल उपस्थित भएका थिए।

सुहेल सेठ र लक्ष्मी मेनन १ वर्षदेखि एक साथ थिए । दुवैले यसै वर्षको अक्टुबरमा इन्गेजमेन्ट गरेका हिये । इन्गेजमेन्टपछि यी दुई छुट्टि मनाउन निस्केका थिए । सुहेल सेठको विवाहको खबर धेरै अगाडी देखि चर्चामा थियो तर उनीहरुको विवाहको सहि मिति भने मिडियालाई थाहा थिएन । उनीहरुले मिडियाबाट टाढा रहेर विवाह गरेका हुन्।